काठमाडौंमा पेस्तोलसहित २४ वर्षीय खड्का पक्राउ
काठमाडाैं | कात्तिक ११, २०८१
काठमाडौं: नागार्जुन नगरपालिका-१ रानिबनस्थित खाजा घरबाट पेस्तोलसहित एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१६ रानिबन बस्ने २४ वर्षीय अनिल खड्का रहेका छन् ।
उनलाई शनिबार राति १ थान पेस्तोल र खाली म्याग्जिन १ थानसहित प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी बिट रानिबनबाट खटिएको प्रहरीले पक्राउ गरिएका खड्कामाथि अनुसन्धान गर्दै जाँदा उनी सेनाको रामेछापस्थित खड्गदल गणमा कार्यरत सिपाही रहेको खुलेको प्रहरीले जनाएको छ ।
काठमाडौं । विश्वकपमा पहिलोपटक सहभागी भएको केप भर्डले साउदी अरेबियासँग गोलरहित बराबरी खेल्दै आफ्नो ऐतिहासिक यात्रा जारी राखेको छ । शुक्रबार ह्युस्टनमा भएको खेलमा ०–० को बराबरीसँगै स्प...
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

